मंगलवार ३ चैत्र, २०८२
चैत ३ काठमाडौं , लगभग दुई तिहाइ बहुमत ल्याएर सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्रालयको भागबन्डा नमिल्दा सरकार गठनमा सकस भएकाे समाचार बाहिन थालेकाे छ ।
आउदाे चैतकाे दस गते भित्र बालेन शाहकाे नेतृत्वमा सरकार गठनको तयारी भइरहँदा मन्त्री चयनका विषयमा भने दुई नेताबीच कुरा मिल्न सकेको छैन, बालेनले सरकार गठनमा आफूलाई सहज हुने गरी मन्त्री चयन गर्न पाउनु पर्ने पक्षमा रहेका छन्,मन्त्रालय घटाएर सरकार गठन गर्ने तयारीमा रहेका बालेन शाहले आफूलाई अनुकुल हुने गरी मन्त्री चयन गर्न दिन र सभापति रवि लामिछानेलाई पार्टी चालाउनु रवि समक्ष प्रस्ताव गरेका छन्।
सभापति लामिछानेले भने आफू तत्काल सरकारमा सहभागी नुहने अवस्थामा आफू निकट नेताहरुलाई महत्वपूर्ण र जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयमा पठाउन चाहेका छन्, रवि निकट स्रोतका अनुसार उनले गृह, रक्षा, परराष्ट्र, अर्थ र श्रम मन्त्रालय आफू निकट नेताहरुलाई दिनुपर्ने अडान राखेका छन्।
तर बालेनले भने गृहमन्त्र र अर्थ आफ्ना विश्वासपात्रलाई बनाउन चाहेका छन् ,महत्वपूर्ण मन्त्रालय बाँडफाँटका विषयमा यी दुई नेताबीच कुरा मिल्न नसकेको छैन,बालेनले प्रधानन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आफू अनुकुल मन्त्रिपरिषद गठन गर्नु पाउनु पर्ने र त्यसो भएको अवस्थामा मात्रै चाहे अनुसारको काम गर्न सकिने दाबी गर्दै आएका छन्।
जनताको अपार समर्थन पाएको रास्वपाका वरिष्ठ नेता बोलन शाह प्रधानमन्त्री बन्ने कुरामा कुनै शंका नभएपनि मन्त्री चयनका विषयमा रवि बालेनको आआफ्नै स्वार्थका कारण महत्त्वपूर्ण मन्त्रालयकाे टुंगो लगाउन सकम भइरहेको स्रोतको दाबी छ।