बुधबार ६ श्रावण, २०८३ (Wednesday July 22, 2026)

गगन बाहेकको कांग्रेसको परिकल्पना गर्नु कांग्रेसको लागि ठूलो क्षति हुन्छ :- नेता मिश्र ।

शुक्रबार ६ चैत्र, २०८२ Bichar Batika 1387


गगन बाहेकको कांग्रेसको परिकल्पना गर्नु कांग्रेसको लागि ठूलो क्षति हुन्छ :- नेता मिश्र ।

चैत ६ काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामाबारे टिप्पणी गर्दै नेता मनिष मिश्रले उच्चतम् राजनीतिक नैतिकता भन्दै प्रशंसा गर्दै गगन बाहेकको कांग्रेसको परिकल्पना गर्नु कांग्रेसको लागि ठूलो क्षति बताएका छन् ।
नेता मिश्रले सभापति थापाको राजीनामा यो उच्चत्तम राजनीतिक नैतिकता रहेको बताएकाे बताउदै  गगन थापा  सभापति भएपछि अहिलेकाे  विषम् परिस्थिति सगै चुनावी तयारीका निम्ति  समयकाे समेत अति नै अपुग रहेकाेले पार्टीका साथीहरूसँग खुलेरै कुरा गर्ने र चुनावी छलफलसम्म गर्ने अवस्था समेत नरहेको टिप्पणी गर्दै भने,  चुनावी सभालाई सम्बोधनदेखि चुनावी सैलीकाे प्रशंसा योग्यनै थियो ,निर्वाचनमा  परिणाम जुन आयो त्यो पनि विषम् परिस्थितिमा गगन, बिश्व, लगायतको टिमलाई हेरेर आएको हो नत्रश्र के हुन्थ्यो भन्न सकिन्नथ्यो नेता मिश्रले बताएका छन् ।
अहिले सभापति थापाले राजिनामा नै दिनुपर्ने अपरिहार्यता नरहेको जिकिर गर्दै सभापति थापाकै नेतृत्वमा अझ मजबुतिका साथ काम गर्नुपर्ने काँग्रेसीजनको बुझाई रहेको बताए ,तर सभापति  थापा शायद  आफ्नो सिद्धान्तविपरीत जान सक्नु भएन , साथीहरूले राजिनामा नदिनुस् भन्दा उकुसमुकुसमा परेको अनुभुति आफुले राम्रोसँग बुझेको बताउदै निर्वाचन परिणामको पहिलो दिन नै राजीनामा दिन्छु भन्दा एक दुई दिन पर्खिनुस् भनेर केन्द्रीय समितिका साथीहरूले नदिलाउने सोचमा थिए । गगन थापा नैतिकवान नेता हो सायद वहाँलाई चित बुझेन र राजीनामा दिएरै छाड्नु भयो  नेता मिश्रले बताए ।
 गगन थापा बाहेकको कांग्रेसको परिकल्पना अहिलेको समयमा गर्दा काँग्रेसको लागि ठूलो क्षति हुने बताउदै अबको दिनमा काँग्रेस स्पष्टधारका साथ प्रतिपक्षको भुमिकामा आफूलाई जनपक्षीय कार्यमा ल्याउनु पर्ने भन्दै त्यसका लागि गगन थापा अपरिहार्यता रहेको ठहर  नेता मिश्रले गरेका छन् ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु