सोमबार ५ आश्विन, २०८३ (Monday September 21, 2026)

यार्सागुम्बा संकलन गर्न हिजाेदेखि एक महिनाकाे लागि वन प्रवेशमा खुल्ला ।

बिहीबार १४ जेष्ठ, २०८३ Bichar Batika 1347


यार्सागुम्बा संकलन गर्न हिजाेदेखि एक महिनाकाे लागि वन प्रवेशमा  खुल्ला ।

जेष्ठ १४ मुगु , मुगुम कार्मारोङ गाउँपालिकाले बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि हिजाे जेठ १३ गतेदेखि असार १३ गतेसम्मका लागि यार्सा संकलन अनुमति दिनुकाे साथै वन प्रवेश खुल्ला  गरेको छ। 
गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामा का अनुसार यार्सागुम्बा संकलनका लागि आवश्यक ‘छोडपुर्जी’ वितरण कार्य जेष्ठ १३ गते बाट सुरु गरिएको जानकारी गराउनु हुदै जिल्ला बाहिरबाट आउने संकलनकर्ताका लागि प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ तथा जिल्ला भित्रकाका लागि २ हजार रुपैयाँ वन प्रवेश शुल्क तोकिएको समेत अध्यक्ष लामाले बताउनु भयाे ।
 छापाखोला, रिमार, तल्लो कुईकी, माथिल्लो कुईकी, छुगाेल्डुङ, हाङ्दाङखोला र माजिङथान लगायतका उच्च हिमाली क्षेत्र यार्सागुम्बा पाइने मुख्य क्षेत्रका  रूपमा परिचित छन्, यी क्षेत्रहरू  यार्सागुम्बा संकलनका लागि उर्वरभूमि क्षेत्र हरेकाे मुगुम कार्मारोङगाउँपालिकाले जनाएकाे छ ।
यार्सागुम्बा संकलनका लागि गाउँपालिकाले छोडपुर्जी’ प्रणाली मार्फत अनुमति वितरण गर्दै आएको छ, उक्त प्रणालीबाट हरेक वर्ष लाखौं रुपैयाँ राजस्व संकलन हुने गरेको गाउँपालिकाको भनाइ छ, यार्सागुम्बा संकलनबाट स्थानीयवासीले मौसमी आम्दानी गर्ने भएकाले यसले हिमाली क्षेत्रको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ,हरेक वर्ष मुगुसहित हुम्ला, जुम्ला, कालिकोट, जाजरकोट तथा सुर्खेत लगायत जिल्लाबाट ठूलो संख्यामा संकलनकर्ता यार्सा टिप्न मुगु पुग्ने गर्छन् , यार्सा संकलन सुरु भएसँगै हिमाली बस्ती तथा यार्सागुम्बा पाइने मुख्य  क्षेत्रमा चहलपहल बढेको स्थानीयले बताएका छन्।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु