आईतवार ४ आश्विन, २०८३ (Sunday September 20, 2026)

भारतीय प्रधानमन्त्री मोदीले र रास्वपा सभापति लामिछाने बिच भेटवार्ता ,नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने ।

बुधबार २० जेष्ठ, २०८३ Bichar Batika 2055


भारतीय प्रधानमन्त्री  मोदीले र रास्वपा सभापति  लामिछाने बिच भेटवार्ता ,नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने ।

जेष्ठ २० काठमाडौं,पाच दिने भारत भ्रमण गएका रास्वपा सभापति रवि लामिछाने र  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच आज नयाँ दिल्ली भेटवार्ता भएको छ । 
 भारतीय प्रधानमन्त्री मोदीले भेटवार्ताको तस्बिरआफ्नो सामाजिक सञ्जाल बाट सार्वजनिक गर्दै मोदीले भारतले नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्यसहित लामिछानेसँगको भेटलाई सकारात्मक रूपमा लिएको बताएका छन् ,भेटपछि सामाजिक सञ्जाल ट्विटरमा मोदीले व्यक्त गरिएको धारणा अनुसार, पारस्परिक समृद्धि र साझा भविष्यका लागि सहकार्य विस्तार गर्ने विषयमा दुवै पक्षबीच समान समझदारी देखिएको छ ।

भारतीय पक्षले नेपाललाई आफ्नो नेबरहुड फर्स्ट नीतिअन्तर्गत प्राथमिक साझेदारका रूपमा उल्लेख गर्दै दुई देशबीचको विकास साझेदारी र जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउन तयार रहेको जनाउदै  भविष्यमा नेपालसँगकाे सहकार्यलाई अझ उच्च स्तरमा लैजान इच्छुक रहेको पनि भारतीय पक्षको भनाइ थियो ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु