बुधबार ६ श्रावण, २०८३ (Wednesday July 22, 2026)

बालेन सरकारकाे विज्ञान प्रविधि मन्त्री बन्दै स्वतन्त्र सांसद महावीर पुन ।

मंगलवार २६ जेष्ठ, २०८३ Bichar Batika 1247


बालेन सरकारकाे विज्ञान प्रविधि मन्त्री बन्दै स्वतन्त्र सांसद महावीर पुन ।

जेष्ठ २६ काठमाडौं , प्रधानमन्त्री बालेन शाहकाे नेतृत्वको मन्त्री मण्डलमा स्वतन्त्र सांसद महावीर पुन  विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएकाे छ  ।
प्रधानमन्त्री शाहकाे प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले स्वतन्त्र  सांसद पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सहित सरकारमा मन्त्री बन्न लागेको पुष्टि गर्दै आजै पुनले शपथ ग्रहण लिने जानकारी गराउनु भयाे। 
सांसद पुन यसअघि सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षामन्त्री रहेका थिए , त्यसबेला आफूले सोचेअनुसारको सुधारको काम गर्न आवश्यक सहयोग नपाएपछि उनी मन्त्री पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट स्वतन्त्ररूपमा निर्वाचनमा प्रतिस्पर्धा गरेकाे पुनलाई रास्वपाले समेत समर्थन गरेको थियो ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु