आईतवार ४ आश्विन, २०८३ (Sunday September 20, 2026)

एमाले अध्यक्ष ओली निर्वाचनपछि पहिलो चाेटी पुगे गृहजिल्ला झापामा ।

शनिबार ३० श्रावण, २०८३ Bichar Batika 1257


एमाले अध्यक्ष ओली निर्वाचनपछि पहिलो चाेटी पुगे गृहजिल्ला झापामा ।

साउन ३० झापा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलो चाेटी आफ्नो गृहजिल्ला झापा पुग्नुभएको छ ।
आज शनिबार चन्द्रगढी विमानस्थलमा पुग्नुभएका अध्यक्ष ओलीलाई एमालेका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयले स्वागत गरेका थिय, विमानस्थलमा सञ्चारकर्मीहरू लाई भने ओलीले कुनै प्रतिक्रिया दिनुभएन।

राजनीतिक तथा सांगठनिक कार्यक्रमका लागि झापा पुग्नुभएका अध्यक्ष ओली स्वागतलगत्तै इलामको फिक्कलतर्फ लाग्नुभएको थियाे, अध्यक्ष ओलीले शनिबार फिक्कलमा आयोजित आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ,त्यसपछि  इलाम बजार पुगेर जिल्लाका अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफलमा सहभागी हुने कार्यक्रम तय भएकाे एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी गराउनु भयाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु