आईतवार ४ आश्विन, २०८३ (Sunday September 20, 2026)

रसुवा बाढीमा ज्यान गुमाएका कर्णालीवासीका परिवारले दुई लाख बीमा रकम पाउने

बुधबार १७ भाद्र, २०८३ Bichar Batika 1225


रसुवा बाढीमा ज्यान गुमाएका कर्णालीवासीका परिवारले दुई लाख बीमा रकम पाउने

भदौ १७ सुर्खेत ,रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका कर्णाली प्रदेशका नागरिकका परिवारले प्रदेश सरकारले गरेको बीमाअन्तर्गत प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्म पाउने भएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी सुरेन्द्रबहादुर शाहीका अनुसार प्राकृतिक विपत्तिमा परी कर्णाली प्रदेशका नागरिकको मृत्यु भएमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत दुई लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराइएको छ।
प्रदेश सरकारले प्रभावित परिवारलाई आवश्यक कागजात संलग्न गरी बीमा दाबी पेस गर्न आग्रह गरेको छ, जाजरकोटको भेरी नगरपालिका–२ रिसाङलगायत प्राकृतिक प्रकोपबाट पूर्ण क्षति भएका घरहरूको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय पनि गरिएको छ।
प्रदेश सरकारले कर्णालीका हिमताल तथा हिमनदीको जोखिम अध्ययन गर्न इसिमोडलगायत सम्बन्धित संस्थासँग समन्वय गर्ने तथा सरकारी भवन, पुल र अन्य ठूला विकास संरचनाको जोखिम न्यूनीकरणका लागि बीमा व्यवस्था क्रमशः लागू गर्ने जनाएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु