आईतवार ४ आश्विन, २०८३ (Sunday September 20, 2026)

रसुवा बाढी प्रभावित घाइतेको उपचार सहयोगार्थ एमालेको रक्तदान कार्यक्रम

शनिबार २० भाद्र, २०८३ Bichar Batika 1472


रसुवा बाढी प्रभावित घाइतेको उपचार सहयोगार्थ एमालेको रक्तदान कार्यक्रम

भदाै २० काठमाडौँ , रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित घाइतेहरूको उपचारमा आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले नेकपा (एमाले) सम्पर्क विशेष कमिटीले रक्तदान कार्यक्रम आयोजना गरेको छ।
शनिबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए।
बाढी प्रभावित क्षेत्रमा घाइतेहरूको उपचारका क्रममा रगतको आवश्यकता पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै मानवीय सेवाको भावनासहित रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ, प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको जीवन रक्षाका लागि आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले  नेपाल रेडक्रस सोसाइटीको प्रविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको  सम्पर्क विशेष संगठन  कमिटीका अध्यक्ष अशाेक कुमार ठकुरीले बताउनु भयाे ।

 

विपद्को कठिन परिस्थितिमा राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले समेत मानवीय सेवामा सक्रिय भूमिका खेल्नुपर्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको आयोजक पक्षको भनाइ छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएकोले बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा उपचारका कार्यहरूमा समेत नेकपा ( एमाले )काे विभिन्न भातृसंगठनहरू  निरन्तर लागि परि रहेका छन्।
विपद्को पीडामा रहेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रमले आवश्यक रगत व्यवस्थापनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

आयोजकले आगामी दिनमा पनि बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक मानवीय सहयोगमा निरन्तर सक्रिय रहने जनाएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु