आईतवार ४ आश्विन, २०८३ (Sunday September 20, 2026)

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बिहीबार २५ भाद्र, २०८३ Bichar Batika 1156


उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भदौ २५ काठमाडौं,इन्धन आपूर्ति सहज बनाउन नसकेको तथा उद्योगीलाई ‘पाता कस्ने’ अभिव्यक्ति दिएपछि विवादमा परेकी उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन्।
राजीनामालगत्तै यादवले मन्त्रालयबाट बाहिरिएकी छन्। मन्त्रालयबाट बाहिरिने क्रममा उनी आँखाभरि आँसु पारेर कुनै पनि प्रश्नको जवाफ नदिई बाहिरिएको बताइएको छ।
यादव तत्कालीन श्रममन्त्री दीपक साह विवादमा परेपछि राजीनामा दिएर रिक्त रहेको स्थानमा मन्त्रालय साटफेर गरी उद्योगमन्त्रीका रूपमा नियुक्त भएकी थिइन्।
साहको राजीनामापछि मन्त्री बनेकी यादव पनि अन्ततः विवादकै बीच राजीनामा दिनुपर्ने अवस्थामा पुगेकी छन्।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु