आईतवार ९ जेष्ठ, २०७८
जेठ ९, काठमाडौं । आज विपक्षी गठबन्धनका नेताहरु संसद विघटनविरुद्ध रिट हाल्न सर्वोच्च अदालत जाने तयारी गरेका छन् । त्यसको तयारीका लागि दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् । आज तयारी सकिए आजै, नभए भोलि भए पनि सर्वोच्च जाने उनीहरुको तयारी छ ।
कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने तयारी भइरहेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए । उनले भने, ‘तयारी पूरा हुनासाथ हामी सर्वोच्च जान्छौं’,
सकेसम्म आजै सर्वोच्च अदालत जाने तयारीमा आफूहरु रहेको नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले पनि बताइन् ।
शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलको संयुक्त बैठकले संसद विघटनको कानूनी र राजनीतिक लडाइँ लड्ने निणर्य गरेको थियो ।
विपक्षी गठबन्धनका बहुमत सांसदहरुको समर्थन रहेको दाबीसहित कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेता पनि दाबी नपुगेको भन्दै सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते नयाँ निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।
nourece
does lasix cause hypokalemia otc lasix diuretic lasix buy