शुक्रबार १ जेष्ठ, २०८३ (Friday May 15, 2026)

बालानन्द शर्मा सीसीएमसीको प्रमुखमा नियुक्त

मंगलवार ११ जेष्ठ, २०७८ विचारवाटिका 2261


बालानन्द शर्मा सीसीएमसीको प्रमुखमा नियुक्त

जेठ ११, काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नियुक्त भएका छन् । शर्मालाई सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सीसीएमसीको प्रमुखमा नियुक्त गरेको स्रोतले पुष्टि गरेको छ ।

नेपाली सेना र माओवादी सेनाको समायोजन गर्न बनेको विशेष समितिको संयोजक भएर पनि पूर्वरथी शर्माले काम गरेका थिए । अब उनले कोरोना संक्रमण नियन्त्रणको योजना बनाउने र सरकारबाट अनुमोदन भएका योजनालाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि पाएका छन् ।

सीसीएमसीको प्रमुखका साथै प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको सदस्य सचिवको जिम्मेवारी पनि शर्माले सम्हाल्नुपर्ने छ । निर्देशक समितिको सदस्य सचिव सीसीएमसीको प्रमुख हुने व्यवस्था छ ।

यसअघि निर्देशक समितिको प्रमुखमा उपप्रधानमन्त्री ईश्वर पोखरेल थिए । हालै भने पोखरेललाई सो जिम्मेवारीबाट अलग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशक समितिको नेतृत्व गर्दै आएका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु