शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

मन्थली नगरपालिकाले मुटु परिक्षण सम्बन्धि  दुईदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै 

सोमबार ३० जेष्ठ, २०७९ विचारवाटिका 3569


मन्थली नगरपालिकाले मुटु परिक्षण सम्बन्धि  दुईदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै 

   जेष्ठ  ३० रामेछाप, मनमोहन कार्डियो थोरासिल भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौं र सेभ द हार्ट नेपालको प्राविधिक सहयोगमा मन्थली नगरपालिकाले असार ३ र ४ गते मन्थली अस्पताल मन्थलीमा मुटु परिक्षण सम्बन्धि दुईदिने निःशुल्क  स्वस्थ्य शिविरको आयोजना गर्ने गहिरहेको छ ।

  शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ चिकित्सक तथा नर्स र अन्य प्राविधिकहरूको उपस्थितिमा निःशुल्क परामर्श ,निःशुल्क  ई.सी.जी.,निःशुल्क ईको कार्डियोग्राफी र निःशुल्क औषधी वितरण जस्ता सेवाहरू उपलब्ध गराउनुको साथै चेकजाँचमा १८ वर्ष भन्दा मुनिको बालबालिकाहरू लाई मुटु रोग फेला परेमा निःशुल्क उपचारी औषधि वितरण  गर्नुका साथै Echocardiography and ECG बाथ मुटु रोगको समेत निःशुल्क उपचार गरिने मनमोहन अस्पतालमा कार्यरत नर्स तथा रामेछापका स्थायी बासिन्दा बिप्लवि  सापकोटाले विचार वाटिकलाई  जानकारी गराउनु भयो ।

 सम्पूर्ण रामेछाप जिल्ला बासिलाई यस्तो मौका बारम्बार नआउने  भएकोले मौकामा उपस्थितिभै आफ्नो स्वास्थ्य चेक गरि निर्धक्क रहन समेत सापकोटाले आग्रह गर्नु भएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु