आईतवार २ कार्तिक, २०८३ (Sunday October 18, 2026)

पतिलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा रिट

सोमबार २० भाद्र, २०७९ विचारवाटिका 2297


पतिलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा रिट

भदौ २० काठमाडौं, पर्यटनमन्त्री जीवनराम श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका गुरुङ सेक्युरिटीका सुरक्षाकर्मी शेरजंग गुरुङलाई तत्काल थुनामुक्त गर्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

 आफ्ना पतिलाई गैरकानुनी थुनामा राखिएको भन्दै लक्ष्मीले सर्वोच्चमा निवेदन दिएकी हुन् । उनको निवेदनमाथि भोलि प्रारम्भिक सुनुवाई हुनेछ ।

निवेदनमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, पर्यटन मन्त्रालय, गृह मन्त्रालय, प्रहरी वृत्त दरबारमार्ग, जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला प्रशासन कार्यालय अनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु