शुक्रबार १ जेष्ठ, २०८३ (Friday May 15, 2026)

एमाले द्वारा आयाेजित मदन- आश्रित स्मृति दिवस कार्यक्रम ।

बिहीबार ३ जेष्ठ, २०८१ विचारवाटिका 2114


एमाले द्वारा आयाेजित मदन- आश्रित स्मृति दिवस कार्यक्रम ।

जेष्ठ ३ काठमाडौं ,नेकपा( एमाले )काे तत्कालीन महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितकाे ३१ औं  स्मृति दिवसको अवसरमा आज बिहान एमालेको पुरानाे पार्टी कार्यालय मदन नगर बल्खुमा कार्यक्रमकाे आयाेजना गरि मदन - आश्रित स्मृति दिवस मनाएकाे छ ।


स्मृति दिवस कार्यक्रममा पूर्वराष्ट्रपति तथा एमालेको पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी ,एमालेकाे अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायत पार्टीको अधिकामस पदाधिकारी तथा केन्द्रीय नेताहरू जीवराज आश्रितकाे धर्मपत्नी तथा छाेरीहरू कार्यक्रममा उपस्थित भएकाे थियाे ।


एमालेको महासचिव शंकर पाेखरेलले सञ्चालन गरेकाे  कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी  पार्टी अध्यक्ष ओली लगायत नेताहरूले मदन भण्डारी र जीवराज आश्रितकाे शालिकमा पुष्प गुच्छा  चढाई स्मृति दिवस कार्यक्रम अध्यक्ष ओलीले सम्बाेदन गर्नु भएकाे थियाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु