आईतवार २ कार्तिक, २०८३ (Sunday October 18, 2026)

यमपञ्चकाे दाेस्राे दिन आज बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा गरिदै ।

बिहीबार १५ कार्तिक, २०८१ Bichar Batika 2007


यमपञ्चकाे दाेस्राे दिन आज बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा गरिदै ।

कार्तिक १५ काठमाडौं , नेपालीहरूकाे दाेस्राे ठूलाे चाड तिहार यमपञ्चककाे दाेस्राे दिन  आज बिहान कुकुर तिहार र साँझ  लक्ष्मीपूजा एकैदिन परेकाे छ , तिथिकाे घटबढकाे कारण बिहान कुकुर तिहार मनाएर साँझ लक्ष्मीपूजा गर्नुपर्ने नेपाल पञ्चांग निर्णयक बिकास समितिले जनाएकाे छ ।


  कुकुरलाई यमराजकाे द्वारपालकाे रूपमा पनि लिने गरीन्छ , कार्तिक कृष्णपक्ष चतुर्दशीकाे दिन कुकुरलाई मिठाे- मिठाे परिकार खान दिएर खुुुुुसि बनायाे भने यमराजकाे ढाेकामा द्वारपालकाे रूपमा बसेकाे कुकुरले यमलाेक जादा खुसि भएर बाटाे छाेडिदिन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ।  आज दिउसो ३.१४ बजे सम्म मात्रै चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने  कार्तिक १६ शुक्रबार ५.१५ बजेसम्म मात्रै औंसी तिथि रहेकाेले  लक्ष्मीपूजा पनि आजै बेलुका गर्नु पर्ने बिकाश समितिले जनाएको छ ।


 लक्ष्मीपूजा गरिने कार्तिक कृष्ण पक्ष औंसीकाे रातलाई सुखरात्रि पनि भनिन्छ , आज साँझ लक्ष्मीपूजाकाे लागि आँगन देखि मुलढाेका हुदै  लक्ष्मी स्थापना गरि पूजा गर्ने काेठासम्म गाईकाे गाेबर र राताेमाटाेले लिपि चामलको पिठाे र अबिरले लक्ष्मीकाे पाइला बनाई लक्ष्मी आउने बाटाे देखाइन्छ, लक्ष्मीकाे पाइलैपिच्छे माटाको पाला अथवा गाउँघरमा केराेकाे दाम्चामा पनि दिप प्रज्वल गरि  झिलीमिली बनाईन्छ, दिपावली गरिसकेपछि पूजा काेठामा दियाे कलश र गणेशसहित लक्ष्मी स्थापना गरि गरगहना ,पैसा ,धान ,चामल ,फलफुल ,सेलरोटी  ,मिठाइ र विभिन्न प्रकारको फूलमाला चढाई विधिपूर्वक लक्ष्मीपूजा गरिन्छ ।
 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु