शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

स्वर सम्राट स्मृति साँझमा नेपाल भाषाविद् देखि समाजसेवी सम्मलाई सम्मान ।

शुक्रबार ५ पुष, २०८१ Bichar Batika 1986


स्वर सम्राट स्मृति साँझमा नेपाल भाषाविद् देखि समाजसेवी सम्मलाई सम्मान ।

पुस ५ काठमाडौं , स्वर सम्राट नारायणगाेपाल गुरूवाचार्यकाे तिथि अनुसारको पुण्य तिथि थिंलागा चाैथी तिथिकाे दिन पारेर नेवा: साधना कला केन्द्रले स्वर सम्राट नारायणगाेपाल गुरूवाचार्य स्मृति साँझ ११४५ काे आयाेजना गरि नेपाल भाषाविद् पाैभा सायमी ,वरिष्ठ गीतकार बिनन्द वैद्य र वरिष्ठ गीतकार तथा समाजसेवी बालाकृष्ण सजिवलाई सांगीतिक क्षेत्रमा उहाँकाे याेगदानकाे कदर गर्दै सम्मान गरेकाे थियाे ।


   नेवा: साधना कला केन्द्रका प्रमुख सुन्दर श्रेष्ठको सभापतित्व तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा आयाेजना भएकाे सांगीतिक कार्यक्रममा दीप तुलाधर ,राजु सिंह ,अनिल तुलाधर ,सरस्वती मानन्धर तारा राम मनकर्मि, सुरज कुमार , साेनी राजभण्डारी , देवेन्द्र ताम्राकार , सानुमाया धाैभडेल, त्रिरत्न मानन्धर  लगायत धेरै कलाकारहरूले आ- आफ्नो साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेकाे नेवा : साधना कला केन्द्रका प्रमुख श्रेष्ठले जानकारी गराउनु भयाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु