आईतवार २ कार्तिक, २०८३ (Sunday October 18, 2026)

प्रदेश सरकारले उखु किसानलाई यसअघि दिइदैं आएको अनुदान निरन्तरता दिन संघीय सरकारलाई आग्रह ।

बुधबार १० मंसिर, २०८२ Bichar Batika 1479


प्रदेश सरकारले उखु किसानलाई यसअघि दिइदैं आएको अनुदान निरन्तरता दिन संघीय सरकारलाई आग्रह ।

मंसिर १० काठमाडौं ,मधेश प्रदेश सरकारले उखु किसानलाई यसअघि दिइदैं आएको अनुदान रकमलाई निरन्तरता दिन संघीय सरकारलाई लिखित आग्रह गर्ने भएको छ ।
बुधबार जनकपुरमा मधेश प्रदेश मन्त्रीपरिषद्ले केहि दिन अघि गरेका निर्णयबारे जानकारी गराउदै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उखु किसानले प्रति क्विन्टल ७० रुपैया अनुदान प्राप्त गर्दै आएकोमा हाल उक्त रकम प्राप्त नहुदा किसान तथा उद्योगसमेत समस्यामा परेकाले बक्यौता रकम अविलम्ब निकासा गरी भुक्तानीको व्यवस्था मिलाउन र आगामी वर्ष समेत उक्त अनुदान रकमलाई निरन्तरता दिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई आग्रह  गरिने जानकारी दिनु भयाे ।
प्रदेश सरकारले  धान काट्ने बेला अविरल वर्षाबाट ठूलो क्षति भएको र सो क्षतिको विवरण स्थानीय पालिकामा दर्ता गराएका किसानहरूलाई राहत स्वरूप १५०० रूपैयाँ प्रति कठ्ठा राहत स्वरूप उपलब्ध गराउने प्रक्रिया सुरु गर्ने , स्नातक तह पास गरी बेरोजगार रहेका युवाहरूलाई प्रति महिना २ हजारको दरले (जीवन निर्वाह) भत्ताको रूपमा दिने काम अगाडि बढाइरहेको समेत मुख्य मन्त्रालय स्राेतले जानकारी गराए ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु