शुक्रबार १ जेष्ठ, २०८३ (Friday May 15, 2026)

सराेकार समाजकाे साताैं स्थापना दिवसको अवसरमा बनभाेज कार्यक्रमकाे आयाेजना ।

बिहीबार १० पुष, २०८२ डि वि श्रेष्ठ 1536


सराेकार समाजकाे साताैं स्थापना दिवसको अवसरमा बनभाेज कार्यक्रमकाे आयाेजना ।

पुष  १० काठमाडौं , गाेठगाउँ सराेकार समाजको साताैं स्थापना दिवसको अवसरमा सराेकार समाजले किर्तिपूरकाे चाेभारमा बनभाेज कार्यक्रम गर्न गहिरहेकाे छ ।
गाेठगाउँ सराेकार समाजको आजीवन सदस्यहरू ,आजीवन सदस्यहरूकाे परिवार तथा आफन्तहरू , समग्र गाेठगाउँ - गाेठपानी बासी लगायत गाेठगाउँ सराेकार समाजका सम्पूर्ण शुभचिन्तकहरू लाई यहि पुष  १२ गते शनिबार हुन गहिरहेकाे बनभाेज कार्यक्रममा विभिन्न माध्यम बाट निमन्त्रणा गरिसकेकाे र यदि कसैलाई  खबर गर्न छुटेको छ भने यहि समाचारलाई आधिकारिकता मानि सम्पूर्ण गाेठगाउँ- गाेठपानीबासी , शुभचिन्तकहरू लाई बनभाेज कार्यक्रममा उपस्थिति भैदिनुहुन संस्थाका सहसचिव तथा बनभाेज कार्यक्रमका संयाेजक कुमार श्रेष्ठले आग्रह समेत गर्नु भएकाे छ ।

बनभाेज कार्यक्रमकाे सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेकाे ,केहि छिटपुट काम जारी रहेकाे र बनभाेज कार्यक्रममा आउन सहज हाेस भन्ने उद्देश्यले  सवारीसाधन  नहुनेहरूकाे लागि भक्तपुर सल्लाघारी देखि काेटेश्वर ,तिनकुने , चावहिल , महाराजगन्ज ,बालाजु कंलकी हुँदै रिङ्गराेड घुम्ने बसकाे व्यवस्था भएकाे र बनभाेजकाे लागि टिकट दर रू एक हजार रहेकाे समेत संयाेजक श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु