आईतवार २ कार्तिक, २०८३ (Sunday October 18, 2026)

युवा प्रतिनिधि परिषद भेलाबाट राष्ट्रिय युवा संघकाे अध्यक्षमा गुरूङ मनाेनित ।

शुक्रबार १६ माघ, २०८२ Bichar Batika 1557


युवा प्रतिनिधि परिषद भेलाबाट राष्ट्रिय युवा संघकाे अध्यक्षमा गुरूङ मनाेनित ।

माघ १६ काठमाडौं , नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको काठमाडौंमा सम्पन्न राष्ट्रिय कार्यकर्ता भेला तथा प्रतिनिधि परिषद भेलाबाट महाराज गुरूङ अध्यक्ष पदमा मनाेनितभएकाे छ ।  
 राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबे नेकपा (एमाले)को११राष्ट्रिय महाधिवेशन बाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित हुनुका साथै फागुन २१ गते हुन गहिरहेकाे प्रतिनिधि सभाकाे  निर्वाचनमा ताप्लेजुङ जिल्लाबाट  उम्मेदवार समेत बनेपछि अध्यक्ष  पद वरिष्ठ उपाध्यक्ष गुरूङलाई हस्तान्तरण गरेका हुन ।

निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य थेबेले युवा संघको महाधिवेशनमै भएको भद्र सहमति अनुसार उपाध्यक्ष  गुरुङलाई पद हस्तान्तरण गरेका हुन् ,युवा संघको अध्यक्ष बनेका ३८ वर्षीय  गुरुङ  राष्ट्रिय युवा संघकाे महाधिवेशनमा उपाध्यक्ष पदमा सर्वाधिक मत ल्याई निर्वाचित भएका थिय ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु