शुक्रबार १ जेष्ठ, २०८३ (Friday May 15, 2026)

संघीय संसद सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दै ।

बुधबार १८ चैत्र, २०८२ Bichar Batika 1159


संघीय संसद सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दै ।

चैत्र  १८ काठमाडौं ,संघीय संसद् सचिवालयको आह्वानमा आज बुधबार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक सिंहदरबारमा बस्ने भएको छ ।
सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा आज दिउँसो २ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बस्ने संसद्का महासचिव पद्मप्रसाद पाण्डेले जानकारी गराउनु भएकाे छ ।
गत फागुन २१ गते भएको प्रतिनिधिसभाबाट ६ राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका थिय ,सोही दलहरूको बैठक बोलाएर सचिवालयले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्ने  संसद सचिवालयले जनाएकाे छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु