शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

लगातार वर्षासँगै उपत्यकाका नदीमा जलसतह बढ्यो, नदी किनारमा उच्च सतर्कता

शुक्रबार ९ आश्विन, २०८३ Bichar Batika 1274


लगातार वर्षासँगै उपत्यकाका नदीमा जलसतह बढ्यो, नदी किनारमा उच्च सतर्कता

असाेज ९ काठमाडौँ । लगातार भइरहेको वर्षासँगै काठमाडौँ उपत्यकाका नदीहरूमा जलसतह बढ्न थालेपछि नदी किनारका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
बागमती, विष्णुमती, मनोहरा, गोदावरीलगायत नदीको जलसतह बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले नदी किनारमा निगरानी र गस्ती बढाएका छन्।
बागमती नदी किनारका च्यासल, शङ्खमूल तथा बागमती दोभान क्षेत्रमा नेपाल प्रहरीले साइरन बजाउँदै तथा माइकिङमार्फत सर्वसाधारणलाई नदी आसपास नजान आग्रह गरिरहेको छ, नदीमा पानीको बहाव बढिरहेकाले जोखिमपूर्ण स्थानमा नजान र आवश्यक सावधानी अपनाउन प्रहरीले सचेत गराएको छ।
यसैबीच, नेपाली सेनाले पनि नदी किनार तथा करिडोर क्षेत्रमा निरन्तर सवारी गस्ती गरिरहेको छ, नदीको जलसतह थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रको अवस्थाबारे निगरानी बढाएको हो।
लगातार वर्षा भइरहेकाले नदी किनारमा बसोबास गर्ने तथा आवतजावत गर्ने सर्वसाधारणलाई सतर्क रहन र सुरक्षा निकायको आग्रह पालना गर्न अनुरोध गरिएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु