आईतवार २ कार्तिक, २०८३ (Sunday October 18, 2026)

झरी थामिएसँगै देशभर मौसम खुल्यो, तराईमा तापक्रम बढ्ने

मंगलवार १३ आश्विन, २०८३ Bichar Batika 1276


झरी थामिएसँगै देशभर मौसम खुल्यो, तराईमा तापक्रम बढ्ने

असोज१३ काठमाडौं । लगातार पाँच दिनसम्म परेको वर्षा रोकिएसँगै देशभरको मौसममा सुधार आएको छ। आइतबार रातिदेखि वर्षा थामिएपछि अधिकांश क्षेत्रमा आकाश खुलेको छ भने जनजीवनसमेत क्रमशः सामान्य बन्दै गएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा छिटफुट वर्षाबाहेक ठूलो वर्षा भएको छैन। पश्चिममा आइतबार बेलुकी, पूर्वमा बिहान र मध्य क्षेत्रमा दिउँसोदेखि वर्षा रोकिएको हो।
महाशाखाले तत्काल ठूलो तथा लगातार वर्षाको सम्भावना नरहेको जनाएको छ। वर्षा रोकिएसँगै बिहान–बेलुका चिसो बढे पनि दिउँसो तापक्रम उकालो लाग्न थालेको छ।
मंगलबारदेखि तराईका अधिकांश क्षेत्रमा तापक्रम अझ बढ्ने पूर्वानुमान छ। हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ।
समग्रमा वर्षाको जोखिम घटे पनि हिमाली–पहाडी क्षेत्रमा मौसमको अवस्था हेरेर यात्रा तथा दैनिक गतिविधि गर्न महाशाखाले आग्रह गरेको छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु