आईतवार २ जेष्ठ, २०७८
जेठ २, काठमाडौं । आइतबारदेखि काठमाडौंमा चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदैछ ।
चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो डोज खोप लगाएकाहरूले दोस्रो डोज खोपका लागी जेठ ११ गतेसम्म चल्ने खोप अभियानमा सहभागी हुन वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
काठमाडौं महानगरपालिकाको ३३ वटै वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।
दोस्रो डोज चिनियाँ खोप चन्द्रागिरि नगरपालिकामा ३ ठाउँमा लगाइँदैछ । मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिका बाहिर कीर्तिपुर नगरपालिकामा नयाँबजार गेट र बुँगाउँमा रहेको राराहिल मेमोरियल स्कुलमा गरी २ ठाउँमा खोप केन्द्र तोकिएको छ ।
मन्त्रालयको स्वास्थ्य निर्देशनालयका अनुसार काठमाडौं बुढानीलकण्ठ नगरपालिकाको २ ठाउँ, गोकणर्ेश्वर नगरपालिकाको २ ठाउँ, टोखामा २ ठाउँ र नागार्जुन नगरपालिकाको २ ठाउँमा जेठ ११ गतेसम्म दोस्रो डोज खोप लगाउन लागिएको छ ।
त्यसैगरी कागेश्वरी मनहरा, दक्षिणकाली, तारकेश्वर र शंकरापुर नगरपालिकाको एकएक ठाउँमा कोरोना खोपको केन्द्र तोकिएको छ ।
काठमाडौंको कुन-कुन ठाउँमा खोप लगाइँदैछ भन्नेबारेमा सूचीः-
