सोमबार १० जेष्ठ, २०७८
जेठ १०, काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल समूहका २३ जना सांसदले सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध रिट दायर गर्न हस्ताक्षर गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका २६ सांसदमध्ये संसद विघटनविरुद्ध रिट दिन २३ जनाले हस्ताक्षर गरेका हुन् ।
प्रधानमन्त्री नियुक्तिका लागि देउवालाई समर्थन गरेका माधव नेपाल पक्षका २६ सांसदमध्ये गोकणर् विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडीले भने हस्ताक्षर गरेका छैनन् ।
देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दावी गरे पनि राष्ट्रपतिले नियुक्त नगर्नु असंवैधानिक भन्दै विपक्षी गठबन्धनका सांसदहरुले सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेका छन् ।
हस्ताक्षर गर्ने सांसदहरूः-
१. सोमप्रसाद पाण्डे
२. जीवनराम श्रेष्ठ
३. घनश्याम भुसाल
४. विरोध खतिवडा
५. कृष्णलाल महर्जन
६. कल्याणी खड्का
७. निरादेवि जैरू
८. सरलाकुमारी यादव
९. झपट रावल
१०. लक्ष्मी चौधरी
११. माधवकुमार नेपाल
१२. भीम रावल
१३. भवानीप्रसाद खापुङ
१४. रामकुमारी झाँक्री
१५. झलनाथ खनाल
१६. पुष्पा कणर् कायस्थ
१७. कलिला खातुन
१८. यज्ञ सुनुवार
१९. सुरेन्द्र पाण्डे
२०. नारायण खतिवडा
२१. मेटमणि चौधरी
२२. दीपकप्रकाश भट्ट
२३. मुकुन्द न्यौपाने