मंगलवार ८ असार, २०७८
असार ८, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप विश्वका गरीब मुलुकमा पुर्याउने उद्देश्यका साथ ल्याइएको कोभ्याक्स कार्यक्रमलाई खोपको अभाव भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ ।
अहिलेसम्म कोभ्याक्स कार्यक्रममार्फत १३१ मुलुकमा ९ करोड डोज खोप वितरण गरिएको डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार डा. ब्रुस आयलवार्डले बताए ।
सोमबार दक्षिण अफ्रिकाका राष्ट्रपति कायरिल रामापोसाले धनी मुलुकलाई खोप सञ्चय गरेर राख्ने काम बन्द गर्न आग्रह गरेका थिए । यद्यपि अझै पनि धेरै मानिसले कोरोना खोप पाउन सकेका छैनन् । जसका कारण केही मुलुकमा कोरोना संक्रमण पनि बढ्दो क्रममा देखिएको छ । अहिले केही अफ्रिकी मुलुकमा कोरोनाको तेस्रो तहर फैलिन सुरु गरेको छ ।
अहिलेसम्म अफ्रिकामा केवल चार करोड डोज कोरोना खोप लगाइएको छ । रामापोसाका अनुसार यो संख्या समग्र अफ्रिकाको जनसंख्याको जम्मा दुई प्रतिशतभन्दा पनि कम हो । सन् २०२१ को अन्तिमसम्ममा कोभ्याक्स कार्यक्रमबाट दुई अर्ब डोज खोप वितरणको लक्ष्य राखिएको थियो ।
कोरोना खोपलाई विश्वका धनी मुलुकले सञ्चय गरेर राखेका कारण गरीब मुलुकले खोप पाउन नसकेको आरोप लाग्ने गरेको छ ।
यसैबीच अमेरिकाले अन्य मुलुकलाई ८ करोड डोज कोरोना खोप दिने घोषणा गरिसकेको छ भने जी-७ का मुलुकले एक अर्ब डोज खोप अर्को वर्षसम्ममा दिने बताएका छन् ।
estuack
Buy Amoxicillin In The Uk No Prescription buy stromectol online usa