आईतवार ४ आश्विन, २०८३ (Sunday September 20, 2026)

स्वास्थ्य–शिक्षामा ३ प्रतिशत अतिरिक्त कर तत्काल कार्यान्वयन नगर्ने :- प्रधानमन्त्री शाह ।

मंगलवार ५ श्रावण, २०८३ Bichar Batika 1279


स्वास्थ्य–शिक्षामा ३ प्रतिशत अतिरिक्त कर तत्काल कार्यान्वयन नगर्ने :-  प्रधानमन्त्री शाह ।

साउन ५ काठमाडौं , सरकारले निजी स्वास्थ्य र शिक्षा क्षेत्रमा लागू गर्ने तयारी गरेको ३ प्रतिशत समता शुल्क (कर) तत्काल कार्यान्वयन नगर्ने प्रधानमन्त्री बालेन शाहले सञ्जाल बाट जानकारी गराउनु भएकाे छ  ।
प्रधानमन्त्री  शाहले मंगलबार सामाजिक सञ्जालमा  आम नागरिकमाथि थप आर्थिक भार पर्ने र व्यापक असन्तुष्टि देखिएकाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको परामर्शपछि स्वास्थ्य र शिक्षा समता शुल्क हालका लागि लागू नगर्ने निर्णय गरिएको जानकारी दिनु भएकाे थियाे , प्रधानमन्त्री शाहले सरकार जनताको भावना र सुझावप्रति संवेदनशील रहेको उल्लेख गर्दै नागरिकको हितविपरीत देखिएका निर्णय आवश्यक परे सुधार र परिमार्जन  गरिने समेत जानकारी गराउनु भयाे ।

यसअघि अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी स्वास्थ्य र शिक्षा सेवामा ३ प्रतिशत समता शुल्क उठाउने व्यवस्था घोषणा गर्नुभएको थियो, उक्त शुल्क लागू भएपछि उपचार, एम्बुलेन्स, स्वास्थ्य सेवा तथा निजी शैक्षिक संस्थाको शुल्क महँगिने भन्दै निजी अस्पताल, विद्यालय, कलेज तथा विभिन्न सरोकारवाला निकायबाट चर्को विरोध भएपछि सरकार उक्त निर्णयबाट पछि हटेको हो ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु