बुधबार ३० असार, २०७८
असार ३०, काठमाडौं । आज नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे बालुवाटारस्थित सरकारी निवास छोडेर निजी निवास बालुवाटार जाँदैछन् ।
ओलीलाई एमाले कार्यकर्ताहरुले स्कर्टिङ गर्दै बालुवाटारदेखि बालकोटसम्म पुर्याउने एमाले नेता महेश बस्नेतले बताएका छन् । त्यसका लागि एमाले युवा कार्यकर्ताहरुलाई बालुवाटारमा भेला हुन बस्नेतले आह्वान गरेका छन् ।
सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् । देउवाले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै बुधबार साँझ नै कार्यभार सम्हालेका छन् ।