शुक्रबार २५ भाद्र, २०७८
भदौ २५, काठमाडौं । प्रमुख विपक्षी नेकपा (एमाले)ले संसदको बैठक शुरु हुनासाथ अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमालेका सांसदहरुले वेल घेराउ गरेका छन् । त्यसका कारण १५ मिनेटको लागि बैठक स्थगित भएको छ ।
उनीहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ जस्ता नारा पनि लगाएका छन् ।
भदौ २३ मा शुरु भएको अधिवेशनमा एमालेले सभामुखमाथि नै प्रश्न उठाएको छ । एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर एमाले विभाजन गर्न भूमिका खेलेको भन्दै एमालेले सभामुखमाथि प्रश्न उठाएको छ ।
पहिलो दिन बसेको तीनवटै बैठकमा एमाले सांसदहरुले नाराबाजी गरेका थिए । तेस्रो बैठकमा नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल भएको थियो ।
आजको बैठकमा पनि बजेटसम्बन्धी अध्यादेश टेबल गर्ने कार्यसूची छ ।
nourece
Can You Get Levitra Cheap taking lasix and still swelling Shortacting insulin begins working within minutes to an hour and lasts to hours.