शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

अष्ट्रेलियामा ५.९ म्याग्नेच्युडको भूकम्पको धक्का

बुधबार ६ आश्विन, २०७८ विचारवाटिका 2423


अष्ट्रेलियामा ५.९ म्याग्नेच्युडको भूकम्पको धक्का

असोज ६, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियामा ५.९ म्याग्नेच्युडको भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ९ बजेको समयमा भूकम्प गएको अष्ट्रेलियाका सञ्चार माध्यमले जनाएका छन् ।

बिहान ५.९ म्याग्नेच्युडको भूकम्प गएको र भिक्टोरियाका साथै सिड्नी, क्यानबेरा र तास्मानियासम्म भूकम्पको धक्का महसुस भएको थियो । ९ बजे गएको भूकम्पपछि अर्को कम्पन पनि महसुस भएको थियो ।

केही ठाउँमा घरहरू भत्किएका दृश्यहरू सार्वजनिक भए पनि भूकम्पको क्षतिको विवरण भने नआएको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

भूकम्प गएको क्षेत्रका नागरिकलाई सुरक्षित रहन र अप्ठेरो परे उद्दारका लागि तयार रहेको त्यहाँको सरकारले बताएको छ । भूकम्पपछि सुनामी आउने खतरा नभएकोले आत्तिन नपर्ने भन्दै शान्त्वना दिइएको छ ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु