आईतवार ४ आश्विन, २०८३ (Sunday September 20, 2026)

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

बिहीबार ७ आश्विन, २०७८ विचारवाटिका 2619


एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

असोज ७, काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

शुक्रबारबाट केन्द्रीय कमिटी बैठक सुरू हुने पार्टी सचिव शेरबहादुर तामाङले बताए । उनका अनुसार शुक्रबार बिहान ११ बजेदेखि बैठक सुरू हुनेछ ।

विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्ताव छलफल तथा पारित गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको तामाङले बताए ।

बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ । केन्द्रीय कमिटी बैठक शनिबारसम्म चल्ने पनि उनले बताए।

एमालेले यही असोज १५ देखि १७ गतेसम्म गोदावरीमा विधान महाधिवेशन गर्दैछ।
 




मतहरू

Kamal

70 Barse age bar Hatauno Ramro Hola. Dherai Neta Haroko Parisaram Khera Jane 6


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु