आईतवार २३ माघ, २०७८
माघ २३, काठमाडौं । नेकपा (एमाले) निकट युवा संघले सिंहदरबार परिसरमा कालो बेलुन उडाएको छ ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै एमाले निकट युवा संघले सिंहदरबार परिसरमा कालो बेलुन उडाएको हो ।
मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको भन्दै युवा संघले सिंहदरबार परिसरमा कालो बेलुन उडाएको हो ।
निषेधित क्षेत्रमा नै युवा संघका कार्यकर्ता बिरोधमा उत्रिएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो क्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यहरु गणेश थापा, जयराम लामा, अजित लामा पक्राउ परेका छन् ।