सोमबार २३ श्रावण, २०७९ (Monday August 08, 2022)

अरुको पक्ष मात्र लागेर चुनाव जित्न सक्दैँनौ ः झलनाथ खनाल

शनिबार ५ चैत्र, २०७८ विचारवाटिका 1315


अरुको पक्ष मात्र लागेर चुनाव जित्न सक्दैँनौ ः झलनाथ खनाल

चैत ५ काठमाडौं, आगामी बैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्नै शक्तिमा प्रतिस्पर्धा गर्नुपर्ने नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले बताएका छन् ।

अरुको पक्ष मात्र लागेर चुनाव जित्न नसक्ने भन्दै उनले कार्यकर्ताहरुलाई आफ्नै शक्ति विस्तार गर्न लाग्न सुझाव दिएका छन् ।
 आज काठमाडौंमा गरेको कार्यक्रममा उनले स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धनका पाँच दलबीच तालमेलको सम्भवना भए पनि त्यसमा मात्र भर पर्न नहुने बताएमा छन् ।

‘आफ्नो शक्तिमाथि भरोसा गरेर जाने र त्यसलाई बलियो बनाउन विस्तार गर्न सकेनौं भने अरुको आड अडेस लागेर अगाडि जान नसक्ने बताए । उनले कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘आफ्नो शक्ति कसरी विस्तार गर्ने, हरेक गाउँ हरेक वडा, हरेक गाउँमा हामी कसरी अगाडि बढ्ने ? यसमा ध्यान दिन सकेमा मात्र आउने निर्वाचनमा यथोचित सफलता हासिल गर्न सक्छौं ।’


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु