आईतवार ४ आश्विन, २०८३ (Sunday September 20, 2026)

सत्ता गठबन्धन दलहरुबीचको तालमेल मिलाउन १ दिन समय थप

सोमबार ५ बैशाख, २०७९ विचारवाटिका 2283


सत्ता गठबन्धन दलहरुबीचको तालमेल मिलाउन १ दिन समय थप

 बैशाख ५, कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलहरुबीच तालमेलमा समस्या देखिएकोले सुल्झाउनका लागि एक दिन समय थप गरिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज बसेको पाँच दलीय गठबन्धन संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो ।

गठबन्धनभित्रको समस्या समाधान गरेर भोलिसम्म प्रदेश कमिटीमा पठाउन निर्देशन दिइएको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष बिमला केसीले बताइन् ।

‘गठबन्धन गर्ने, नगर्ने भनिएका सबै जिल्लास्तरीय गठबन्धन संयन्त्रलाई एक दिने समय दिएका छौं’ अध्यक्ष केसीले अनलाइनदखबरसँग कुरा गर्दै भनिन्, ‘जिल्लाले समस्या नसुल्झाए प्रदेशले सुल्झाउँछ, गठबन्धन टुट्दैन ।’




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु