शुक्रबार १६ मंसिर, २०७९
मंसिर १६ काठमाडौं, मंसिर ४ मा सम्पन्न भएको प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनपछि प्रतिनिधिसभाका १६२ निर्वाचन क्षेत्रको अन्तिम परिणाम आइसकेको छ । यसपटकको निर्वाचनले स्थापित भनिएका कतिपय ठूँलादललाई धक्का दिएको छ भने नयाँ दलहरूलाई राम्रै मत दिएको छ ।
यस निर्वाचनमा बाजे पुस्तादेखि नाति पुस्ता एकसाथ संसद्मा देखिएको छ । ठूला दलहरूले युवाहरू उठाएको निर्वाचन क्षेत्रमा अर्को उम्मेदवारलाई निकै चुनौती दखियो । हालसम्मको परिणाम अनुसार ४० वर्षमुनिका १० जना युवा र ७५ वर्षमाथिका सात जना नेता प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
यहाँ ४० वर्षमुनि र ७५ वर्षमाथिका निर्वाचित सांसदहरूका बारेमा चर्चा गरिएको छ ।
यस निर्वाचनमा स्थापित भएका दलका नेताहरूलाई युवाले चुनौती दिएको देखिएको छ । मुख्य रूपमा चर्चामा हरेका पार्टीबाट युवा पुस्ताले टिकट पाउँदै गर्दा वयोवृद्ध बनेका धेरै उम्मेदवार भने पराजित भएका छन् ।