सोमबार १६ माघ, २०७९
माघ १६ काठमाडौं, केदारनाथ धाममा चार फिटसम्म हिउँ जमेको छ । केदारनाथ क्षेत्रमा हिजो रातिदेखि लगातार हिमपात भइरहेको बताइएको छ ।
केहि अधिकारीका अनुसार धाम परिसर र वरपरका पहाडमा भारी हिउँ परिरहेको जनाएका छन् । यसैबीच राज्यको उत्तरकाशी प्रहरीले आसपासका नागरिकहरूलाई सम्भावित जोखिमबाट सचेत रहन आग्रह गरेका छन् ।
उत्तरकाशी प्रहरीले सामाजिक सन्जाल ट्वीटरमा ट्वीट गर्दै– वर्षा र हिमपातका कारण गङ्गोत्री राष्ट्रिय राजमार्ग सुक्की टोपभन्दा माथि धरासु बन्दरकोट र बन्दरकोट नजिकै आएका फोहोर र हिमपहिराका कारण अवरुद्ध भएको जानकारी दिएका छन् ।
यमुनोत्री राष्ट्रिय राजमार्ग जानकीछट्टी र राडी मार्ग पनि अवरुद्ध भएको छ। यात्रुहरूलाई सावधानीपूर्वक हिँड्न भनिएको छ। केदारनाथ धामका द्वारहरू अप्रिल २६ मा र गङ्गोत्री र यमुनोत्रीका ढोकाहरू अप्रिल २२ मा जाडो बिदापछि मात्र खुल्ने मन्दिर व्यवस्थान समितिले जनाएको छ ।