शनिबार २१ माघ, २०७९
माघ २१ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्पा)का अध्यक्ष रवि लामिछानेको व्यवस्थापनका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उनीहरूबीच लामिछानेको माग सम्बोधन र उनको व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा छलफल भएको स्रोतले बताएको छ । दुई नेताको बीचमा राष्ट्रियसभाको उपाध्यक्षको उम्मेदवारी बारे पनि छलफल भएको बुझिएको छ ।