शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

प्रधानमन्त्री दाहाल इटाली भ्रमणबाट भोलि फर्कँदै

बिहीबार ११ श्रावण, २०८० विचारवाटिका 1785


प्रधानमन्त्री दाहाल इटाली भ्रमणबाट भोलि फर्कँदै

साउन ११, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमणबाट भोलि बिहान  स्वदेश फर्कँदै छन् ।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनको आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सहभागी भएका थिए । समिटमा जलवायु परिवर्तन र अन्य प्रकोपहरूसँग निपट्न र विकसित देशहरूको कृषिमा लगानी बढाउने महत्वपूर्णता सार्वजनिक गरेका थिए।

प्रधानमन्त्री दाहालले युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्टलाई पनि सम्बोधन गरेका थिए र त्यस अवसरमा उनले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रमले विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारका लागि प्रभावकारी भएको बताएका थिए।

रोममा रहेका प्रधानमन्त्री दाहालले बङ्गलादेशी समकक्षी शेख हसिनासँग द्विपक्षीय भेटवार्ता गरेका थिए। भेटवार्तामा उनीहरूले द्विपक्षीय हित र चासोहरूको बारेमा छलफल गरेका थिए र कृषि, जलविद्युत् क्षेत्रमा सहकार्य र क्षेत्रीय सहयोगका विविध विषयमा महत्वपूर्ण छलफल भएको थियो ।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा महासचिव एन्टोनियो गुटेरससँग भेटवार्ता गरेका थिए।

भेटका क्रममा प्रधानमन्त्री दाहाल र विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे बीचमा पर्यावरण, खाद्य सुरक्षा, नेपाल र राष्ट्रसङ्घबीचको सम्बन्धलाई अझै मजबुत बनाउनका लागि छलफल भएको थियो।

सो अवसरमा प्रधानमन्त्री दाहालले विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यू र इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी)का प्रमुख एल्भारो लाइरोसँग बेग्ला–बेग्लै भेटवार्ता गरेका थिए।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु