शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

सुलिकोट गाउँपालिकाले गर्यो अतिसीमान्तकृत बराम समुदायको निःशुल्क स्वास्थ्य बीमा

सोमबार ११ मंसिर, २०८० विचारवाटिका 1932


सुलिकोट गाउँपालिकाले गर्यो अतिसीमान्तकृत बराम समुदायको निःशुल्क स्वास्थ्य बीमा

अतिसीमान्तकृत बराम समुदायको निःशुल्क स्वास्थ्य बिमा बारपाक सुलिकोट गाउँपालिकाले गरेको छ । 

गाउँपालिकाले ती समुदायका जागिर खाइरहेका, सरकारी सेवा सुविधा तथा पेन्सन सुविधा पाउँदै आएकाबाहेक अन्य सबैका बीमा गर्न शुरु गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

भट्टले भने, ‘पालिकाभित्रका करिब दुई हजारभन्दा बढी बराम समुदायको स्वास्थ्य बीमा गरिएको छ’, उनले भने,  ‘बिरामी भइहाले उपचार गर्न सक्ने अवस्थामा नै नरहेका परिवारको स्वास्थ्योपचारमा पहुँच पु¥याउने उद्देश्यले गाउँपालिकाले सो समुदायलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन गरिदिएको हो ।’

अहिलेसम्म गाउँपालिकाले करिब ५१३ घरहरुमा दुई हजार २३ को निःशुल्क स्वास्थ्य बीमा गराइसकेको अध्यक्ष भट्टले जानकारी दिए । ‘केही वडामा अझै बीमा गराउन बाँकी नै छ’, उनले भने, ‘दर्ता सहयोगीको व्यवस्थापन भएलगत्तै बाँकी रहेका वडाका बराम समुदायका परिवारको पनि बीमा गरिनेछ ।’ 

गाउँपालिकाले वडा नं ३ का ३०६, वडा नं ४ का २६६, वडा नं ६ का ५८३, वडा नं ७ का ३९७ र वडा नं ८ का ४७१ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको उनले जानकारी दिए । बीमा गराएको परिवारको स्वास्थ्य बीमावापतको तिर्नुपर्ने रकम गाउँपालिकाले व्यहोरेको अध्यक्ष भट्टले बताए । 

‘बीमा गराएका सबैको बिमा शुल्कवापतको कूल रु. १९ लाख २३ हजार ५५० रकम स्वास्थ्य बीमा बोर्डलाई गाउँपालिका उपलब्ध गराइसकिएको छ ।’    




मतहरू

golf betting

Excellent to the point article and news.. Well appreciated, My sites: golf betting

Holidays Lucky Wheel

I found this post very interesting and informative. Thank you for sharing your special thoughts with us. My site: Holidays Lucky Wheel

clomid cycle day 21 progesterone

15 Lindsley K, Matsumura S, Hatef E, Akpek EK clomid fertility pills


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु