शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

मन्थली नगर सम्पर्क मञ्चको दाेस्राे सम्मेलनकाे तयारी अन्तिम चरणमा :- अध्यक्ष श्रेष्ठ ।

बिहीबार २० बैशाख, २०८१ विचारवाटिका 2018


मन्थली नगर सम्पर्क मञ्चको दाेस्राे सम्मेलनकाे तयारी अन्तिम चरणमा :- अध्यक्ष श्रेष्ठ ।

बैशाख २० काठमाडौं , नेकपा ( एमाले ) मन्थली नगर - काठमाडौं सम्पर्क मञ्चको दाेस्राे सम्मेलनकाे तयारी अन्तिम चरणमा पुगेको मन्थली नगर- काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष रविन्द्र कुमार श्रेष्ठले  विचार वाटिकालाई जानकारी गराउनु भएकाे छ ।


बैशाख  २२ गते शनिबार तुल्सीलाल स्मृति प्रतिष्ठानकाे सभाहल च्यासल ललितपुरमा हुन गहिरहेकाे नगर सम्पर्क मञ्चको सम्मेलन लाई भब्य रूपमा सफल पार्न नगर सम्पर्क मञ्चको पदाधिकारी तथा सदस्यहरू ,सबै वडा सम्पर्क मञ्चको पदाधिकारीहरू प्रचारप्रसारमा तिब्ररूपमा लागिरहेकाे  छ, सम्मेलन सफल पार्न सहज हाेस भन्ने उद्देश्यले अध्यक्ष रविन्द्र कुमार श्रेष्ठकाे  संयोजकत्वमा  राजनीतिक प्रतिवेदन लेखन उपसमिति ,सचिव अरूण प्रसाद अधिकारकाे संयोजकत्वमा सांगठनिक प्रतिवेदन लेखन उपसमिति ,काेषाध्यक्ष सन्दिप बुढाथोकीकाे संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन उपसमिति ,रविन्द्र कुमार श्रेष्ठको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति ,सन्दिप बुढाथोकीकाे  संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति ,शिवराज घिमिरेको संयोजकत्वमा मञ्च तथा हल व्यवस्थापन उपसमिति र स्वस्तीका खड्काको संयोजकत्वमा प्रचारप्रसार तथा अतिथि सत्कार उपसमिति गठन गरि कामकाे बाडफाड गरेकाे हुदा अहिले सबै उपसमितिकाे काम अन्तिम चरणमा पुगेकाे अध्यक्ष श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

 


 अब केही बाकिरहेकाे कामलाई समेत समयमै सम्पन्न गर्न सबै पदाधिकारी उपसमिति संयाेजकहरू लागिपरेको जानकारी गराउनु हुँदै बैशाख २२ गते शनिबार ठिक १० बजे रामेछाप जिल्ला बासी सम्पूर्ण नेकपा (एमाले ) का समर्थकहरू लाई तुल्सीलाल स्मृति प्रतिष्ठानकाे सभाहल च्यासल ललितपुरमा उपस्थितभै सम्मेलन भब्यरूपमा सफल पार्न सहयाेग   गरिदिनुहुन समेत श्रेष्ठले अनुराेध गर्नु भयाे ।

                                            तस्बिर :- रविन्द्र कुमार श्रेष्ठ ,




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु