बिहीबार ११ असार, २०८३ (Thursday June 25, 2026)

जन्मदिनको अवसरमा श्रेष्ठले गरे मृगौला पिडितलाई आर्थिक सहयाेग ।

शनिबार १२ जेष्ठ, २०८१ विचारवाटिका 1914


जन्मदिनको अवसरमा श्रेष्ठले गरे मृगौला पिडितलाई आर्थिक सहयाेग ।

जेठ १२ काठमाडौं , रामेछाप नगरपालिका वडा नं .१ गाेठगाउँ- गाेठपानी निवासी हाल दुबैमा कार्यरत  छत्र बहादुर श्रेष्ठ ( रविन) ले आफ्नाे जन्मदिनको अवसरमा रामेछाप नगरपालिका वडा नं. १ गाेठगाउँ -गाेठपानी माेहाेरे गाउँ निवासी दुबै मृगौला फेल भएर  डाइलाेसिस गराहि रहेकाे २९ वर्षे सुभास थापा मगरलाई आर्थिक सहगाेग गरेकाे छ ।


 गाेठगाउँ सराेकार समाजको आजीवन सदस्य समेत रहेकाे श्रेष्ठले बिगत ३-४ बर्ष देखि दुवैमा बसेर आफ्नाे गाउँघरकाे समस्या परेकाे व्यक्तिहरू लाई सहयाेग गर्दै आहिरहेकाे र आफ्नै छिमेकी नाताले मितभाई पर्ने सुभास थापा मगरकाे दुवै मृगौला फेल भएर नियमित डाइलाेसिस गराहि रहनु पर्दा आर्थिक रूपमा पनि धैरै अभाव भएकाे खबर थाहा पाए पछि नगद पन्द्र हजार आर्थिक सहयाेग केही दिन पहिलेनै पठाई दिएकाे भएपनि जेठ ११ गते श्रेष्ठको जन्मदिन परेकाेले

जन्मदिनकै अवसर पारि हस्तान्तरण गराैं भन्ने लागेर गाेठगाउँ सराेकार समाजको सचिव मीन बहादुर श्रेष्ठ ( बिष्णु) सहितको उपस्थितिमा मृगौला पिडित थापा र थापाकाे परिवारलाई भेटि आर्थिक सहयाेग रकम हस्तान्तरण गरेकाे गाेठगाउँ सराेकार समाजको सहसचिव कुमार श्रेष्ठले विचार वाटिकालाई जानकारी गरायकाे छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु