मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

सम्पर्क मञ्च द्वारा एस ई ई उत्तीर्ण बिद्यार्थीहरू लाई बधाई तथा शुभकामना ।

शनिबार २९ असार, २०८१ दिलिप श्रेष्ठ 2662


सम्पर्क मञ्च द्वारा एस ई ई उत्तीर्ण बिद्यार्थीहरू लाई बधाई तथा शुभकामना ।

असार २९ काठमाडौं , नेकपा (एमाले ) रामेछाप काठमाडौं सम्पर्क मञ्चले माध्यमिक शिक्षा  परिक्षा (SEE)  २०८० उत्तीर्ण रामेछापेली बिद्यार्थीहरू लाई बधाई तथा शुभकामना प्रदान एवम् उत्प्रेरणा कार्यक्रमको आयाेजना गरि बिद्यार्थीहरू लाई प्राेत्साहन गरेकाे छ ।


  सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) काे अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय कमिटी सचिव एवम्  पूर्व मन्त्री  याेगेश भट्टराईकाे प्रमुख आतिथ्यतामा रामेछाप - काठमाडौं सम्पर्क मञ्चले सम्राट दरवार जडिबुटीमा आयाेजना गरेकाे बिद्यार्थीहरू लाई बधाई तथा शुभकामना प्रदान एवम् उत्प्रेरणा कार्यक्रममा प्रमुख अतिथि भट्टराई लगायत  अतिथिहरू बागमती प्रदेश कमिटी अध्यक्ष तथा बागमती प्रदेशको पूर्व मन्त्री  कैलाश प्रसाद ढुङ्गेल, बागमती प्रदेश सम्पर्क कमिटी अध्यक्ष अशाेक कुमार ठकुरी , काठमाडौं उपत्यका विषेश कमिटी सदस्य प्रकाश श्रेष्ठ , रामेछाप जिल्ला कमिटी अध्यक्ष पुरूषाेत्तम कडरिया, राष्ट्रिय युवा संघ नेपालकाे उपाध्यक्ष कृष्णहरि केसि , अनेरास्ववियुकाे केन्द्रीय कमिटी सचिव डा. सुजन कडरिया लगायतले एस ई ई उत्तीर्ण विद्यार्थीहरू लाई बधाई तथा उज्ल भविष्यकाे शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

 


 कार्यक्रममा रामेछाप जिल्ला बाट 4 GPA ल्याउन सफल चार जना बिद्यार्थीहरू लाई टाेकन अफ लभ नगद र प्रमाणपत्र , अन्ने उत्तीर्ण बिद्यार्थीहरूलाई प्रमाणपत्र प्रधान गरियकाे थियाे ।

साथै उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रकाे बागमती प्रदेशसम्पर्क  कमिटी सदस्य तथा दाेरम्बा शैलुङ्ग गा.पा.  मगर संघका अध्यक्ष भिम बहादुर थापा मगर माओवादी पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गरेकाे थियाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु