सोमबार २८ पुष, २०८२ (Monday January 12, 2026)

अभियन्ता तथा व्यवसायी दयानिधि सापकोटा लण्डनमा सम्मानित ,

बिहीबार ३१ जेष्ठ, २०८१ विचारवाटिका 1686


अभियन्ता तथा व्यवसायी दयानिधि सापकोटा लण्डनमा सम्मानित ,

जेठ ३१ काठमाडौं , बेलायत लेस्टरका एकजना सफल नेपाली व्यवसायी दयानिधि सापकोटा लण्डनमा सम्मानित भएका छन् ,लण्डनबाट सन्चालित अनलाइन मिडिया साउथ एसिया टाइमले शनिबार एक कार्यक्रमबीच सापकोटालाई उनको सामाजिक योगदानको कदर गर्दै सम्मान गरेको हाे ।



बेलायतस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र अन्तर्राष्ट्रिय कानुनविद् प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले सापकोटालाई सम्मान गरेकाे थियाे ,सापकोटा सन् २००६ बाट नै गैर आवासीय नेपाली संघ बेलायतमा सक्रिय भूमिकामा थिय ,उनले नेपालमा आपतविपत र प्राकृतिक विपत्ति हुँदा हाेस वा  शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा  निरन्तर आर्थिक सहयोग गर्दै आएका छन् ।



बाग्लुङ काठेखोला गाउपालिका बिहुँकोट ५ देउरालीमा बुबा पद्मनाथ सापकोटा र आमा भावी सापकोटाको कोखबाट जन्मिएका दयानिधि स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट बीकम अध्ययन गर्दै गर्दा सन् १९९३ मा जर्मनी पुगेका सापकोटा 
करिब १५ वर्ष जर्मनीमा बिताएपछि उनी सन् २००६ अक्टोबर १ मा बेलायत गएका थिय ,बेलायतको लेस्टरमा दुई इटालियन रेष्टुरेन्टका सन्चालक सापकोटा इटालियन खानाको कुशल सेफ पनि हुन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु