शनिबार २८ असार, २०८२
असार २८ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप लिखुतामाकाेसी - काठमाडौ सम्पर्क मञ्च द्वारा आयाेजीत नि:शुल्क तीन महिने कम्प्युटर तालिम तथा ब्रिज काेष सफलता पूर्वक सम्पन्न भएकाे छ ।

लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष रविन तामाङको अध्यक्षता सचिव राजु अधिकारीको सञ्चालन ,नेकपा ( एमाले) का केन्द्रीय सदस्य तथा बागमती प्रदेश सम्पर्क कमिटीको इन्चार्ज सरस्वती बस्नेतकाे प्रमुख आतिथ्यता तथा बागमती प्रदेश कमिटी सचिवालय सदस्य शान्ति प्रसाद पाैडेल , बागमती प्रदेश सम्पर्क कमिटी अध्यक्ष अशाेक कुमार ठकुरी लगायत सदस्यहरू , रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) लगायत पदाधिकारी तथा सदस्यहरू , राष्ट्रिय युवा संघ नेपाल रामेछाप जिल्ला कमिटी उपाध्यक्ष शिवसागर मगर, अनेरास्ववियु रामेछाप जिल्ला कमिटी सचिव युवराज सुनुवार लगायतको आतिथ्यतामा समापन कार्यक्रमकाे आयाेजना गरि सहभागी प्रशिक्षार्थीहरू लाई प्रमाणपत्र वितरण गरेकाे थियाे ।


समापन कार्यक्रममा अध्यक्ष रविन तामाङले छ सात लाख आर्थिक भार पर्ने प्रशिक्षण कार्यक्रम पनि रामेछाप लगायत अन्य छ जिल्ला बाट आउनु भएकाे प्रशिक्षार्थीहरू नि:शुल्क उत्कृष्ट प्रशिक्षण दिएकाे जानकारी गराउनु हुँदै आउदा दिनहरूमा समेत यस्ता कार्यक्रमहरूकाे निरन्तर आयाेजना गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयाे ।
