शनिबार २१ असार, २०८२
असार २१ काठमाडौं , नेपाल सरकारकाे शिक्षा , विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तकाे उपस्थितिमा नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत बधाई तथा सम्मान कार्यक्रम हाेटल एवानभेन्यु काेटेश्वरमा भब्यरूपमा सम्पन्न भएकाे छ।

सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) काे अध्यक्षता , सचिव निराजन तिमिल्सिनाकाे सञ्चालन तथा शिक्षा मन्त्री रघुजी पन्तकाे प्रमुख आतिथ्यतामा आयाेजना भएकाे कार्यक्रममा २०८१ सालमा रामेछाप जिल्ला बाट एस ई ई उत्तीर्ण बिद्यार्थीहरू तथा पार्टीको जनवर्गीय संगठनहरूकाे हाल सालै सम्पन्न महाधिवेशनमा रामेछाप जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्नुहुने व्यक्तिहरू लाई बधाई ,शुभकामना तथा सम्मान गरेकाे थियाे ।



रामेछाप जिल्ला स्थाई घर भएका विद्यार्थीहरूले जिल्लाका तथा काठमाडौंका विभिन्न स्कुल बाट चार जि पि य का साथ एस ई ई उत्तीर्ण गर्नुहुने विद्यार्थीहरू विशेष सम्मानका साथ सम्मान गरेकाे गियाे कार्यक्रममा विभिन्न कलेजका प्रिन्सिपल तथा माेटिभेसनल स्पीकर प्रकाश कुमार श्रेष्ठले Career Crientation गराउनुका साथै प्रमुख अतिथि शिक्षा मन्त्री रघुजी पन्त, अतिथिहरू पार्टीका पाेलिटव्यूराे सदस्य कमल चाैलागाई, केन्द्रीय सदस्यहरू माधब ढुङ्गेल, सरस्वती बस्नेत , गिता कार्की , सम्पर्क समन्वय कमिटीको संयाेजक श्याम कुमार बस्नेत , बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश प्रसाद ढुङ्गेल, बागमती प्रदेश सम्पर्क कमिटी उपाध्यक्ष सराेज माेहन लामा, रामेछाप जिल्ला कमिटी उपाध्यक्ष हाेतराज ढकाल लगायतले एस ई ई उत्तीर्ण विद्यार्थी लगायत सम्मानित व्यक्तिहरू लाई बधाई तथा शुभकामना मन्तव्य राख्नु भएकाे नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्च प्रचारप्रसार तथा प्रकाशन विभागले जानकारी गराय ।




तस्बिर :- खिल बहादुर श्रेष्ठ ,