बुधबार १८ असार, २०८२
असार १८ रामेछाप , नेकपा (एमाले) जिल्ला कमिटी रामेछापको आयोजना तथा संगठन विभागको संयोजनमा आयोजित जिल्ला स्तरीय कार्यशाला कार्यक्रम हिजाे असार १७ गते एल्लाे जि.एस. हाेटल मन्थलीमा सम्पन्न भएको छ।

कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा तथा नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री, सरकारका प्रवक्ता एवम् नेकपा (एमाले) का उप–महासचिव पृथ्वी सुब्बा गुरुङज्यूको प्रमुख आतिथ्यता रहेकाे थियाेभने अतिथिहरूमा नेकपा ( एमाले ) का पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला इञ्चार्ज कमल प्रसाद चौलागाईं, पार्टी केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव माधव ढुंगेल, केन्द्रीय सदस्य गीता कार्की, बागमती प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेल, प्रदेश कमिटी सदस्यहरु प्रेम बहादुर तामाङ, ज्ञानकुमार श्रेष्ठ, लव श्रेष्ठ, गोपाल श्रेष्ठ, अर्जुन कार्की , दिपशिखा दाहाल, गङ्गा कार्की, हर्कमाया माझी, नेता रमेश कुमार बस्नेत लगायतका नेताहरूको उपस्थिति रहेकाे जिल्ला कमिटी सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राकेश श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

कार्यक्रममा जिल्ला कमिटी सदस्यहरू, पालिका कमिटीका अध्यक्ष तथा पदाधिकारीहरू, वडा कमिटी अध्यक्ष–सचिवहरू लगायत विभिन्न जनसंगठनका अध्यक्ष तथा सचिवहरूको समेत उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा संगठन विभाग प्रमुख पार्टी सचिव प्रकाश कुमार कार्कीले कार्य योजना प्रस्तुत गर्नुका साथै पार्टी अध्यक्ष पुरुषोतम कडेरियाले राजनितिक, संगठानिक तथा बैचारिक मन्तब्य राख्दै कार्यशालाकाे सुरूवात भएको र कार्यशालाले राजनीतिक, संगठनात्मक तथा वैचारिक क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेको समेत प्रचारप्रसार विभाग प्रमुख श्रेष्ठले जानकारी गराउनु भयाे ।
