मंगलवार १३ जेष्ठ, २०८२
जेष्ठ १३ पाेखरा , राष्ट्रिय युवा संघ नेपालको दशाैं महाधिवेशनमा निर्वाचन बाट नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
पोखरा सभागृहमा बिहान १० बजेदेखि मतदान सुरु भएको थियाे , अध्यक्षका उम्मेदवार क्षितिज थेबे र महासचिव सुमन पुरीले पहिलो भोटिङ गरेकाे थियाे निर्वाचनका लागि ४२ इलेक्ट्रिक मेसिन राखिएको छ हरेक प्रदेशको लागि फरक फरक बुथ राखिएको छ ।निर्वाचनमा क्षितिज थेबे र महासचिव सुमन पुरीको प्यानल चुनावी मैदानमा छ ।
निर्वाचनमा थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, महासचिवमा महेश चाैलागाई ,उपमहासचिवमा उपेन्द्र शाही , सचिव खुल्लामा देबु बस्नेत ,मदन भण्डारी , सचिव महिलामा निशा लिम्बू ,सचिव मधेसीमा माेविन अख्तर आलमले उम्मेदवारी दिएकाे छ ।

पुरी प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी ,प्रकाश गाैतम , महासचिवमा कुबेर अधिकारी ,उपमहासचिवमा खेमराज शर्मा,उपमहासचिवमा खेमराज शर्मा, सचिव खुल्लामा अरूण कुवर, धुर्व खड्का , सचिव महिलामा रेशु तामाङ ,सचिव मधेसमा चिरन्जन यादब बिच पुरै प्यानलनै चुनावी मैदानमा प्रतिस्पर्धामा हाेमिएकाे छ ।
