बुधबार ७ आश्विन, २०८३ (Wednesday September 23, 2026)

निजी क्षेत्रका सुझावहरूलाई बजेटमा समेटेको छ:- अध्यक्ष ढकाल ।

शुक्रबार १६ जेष्ठ, २०८२ Bichar Batika 1754


निजी क्षेत्रका सुझावहरूलाई  बजेटमा समेटेको छ:- अध्यक्ष ढकाल ।

जेष्ठ १६ काठमाडौं ,  नेपाल उद्योग वाणिज्य महासंघका  अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रका सुझावहरूलाई समेटेको बताउनु भएकाे छ ।
अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघ लगायतका निजी क्षेत्रले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई लिखित सुझावहरू दिएको उल्लेख गर्दै महासंघले दिएकाे  धेरै जसो सुझावहरू बजेटमा समेटिएको बताउनु भयाे  , अध्यक्ष ढकालले  बजेटमा समावेश भएका विषयहरू आउने दिनमा कार्यान्वयन हुँदै गए निजी क्षेत्र र नागरिकले चाहेको नतिजा निस्कने जिकिर गर्दै आगामी बजेटले नयाँ विषयहरूलाई पनि समेटेको बताउँदै यसले निजी क्षेत्रलाई उत्साहित बनाएको समेत बताउनु भयाे ।

नेपाल आर्डटर्स एशाेसिएशन ( अडान) काे साताैं राष्ट्रिय महाधिवेशनकाे अवसरमा काठमाडौंमा आयाेजित कार्यक्रममा बाेल्दै अध्यक्ष ढकालले “हिजो मात्रै बजेट आएको छ, बजेटमा निजी क्षेत्रले उठाएका धेरै कुराहरू धेरै  जसो बजेटमा समेटिएको जानकारी गराउनु हुदै  बजेटमा समावेश भएका कुराहरूलाई आउने दिनमा कार्यान्वयन हुँदै गयो भने पक्कै पनि निजी क्षेत्रले चाहेको र पब्लिकले चाहेको चिजहरूको रिजल्ट आउनेछ भन्ने  विश्वास लागेकाे छ अध्यक्ष ढकालले भन्नू भयाे । 

अहिलेको बजेटले नयाँ विषयहरूलाई पनि समावेश गरेको जानकारी गराउनु हुँदै अध्यक्ष ढकालले  उद्योग वाणिज्य महासंघ  र आर्डटर्स एशाेसिएशन बिच सहकार्यलाई आउने दिनमा अझै प्रगाढ बनाएर लैजाने समेत जानकारी गराउनु भयाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु