बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

रामेछाप - काठमाडौं सम्पर्क मञ्चले एक महिने माेबाईल मर्मत तालिम गराउदै ।

सोमबार २६ जेष्ठ, २०८२ डि बि श्रेष्ठ , 2242


रामेछाप - काठमाडौं सम्पर्क मञ्चले एक महिने माेबाईल मर्मत तालिम गराउदै ।

जेष्ठ २६ काठमाडौं , नेकपा (एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्चले जेष्ठ ३१ गते शनिवार देखि एक महिने माेबाईल मर्मत तालिम गराउने भएकाे छ ।

 रामेछाप - काठमाडौं सम्पर्क मञ्च मातहतको  दुबै प्रदेश सभा क्षेत्रीय सम्पर्क मञ्च र आठै ओटा नगर/ गाउँपालिका सम्पर्क मञ्चको सिफारिसमा तीन- तीन जनाकाे दरले जम्मा तीस जना प्रशिक्षार्थीहरू लाई जेष्ठ  ३१ गते शनिवार बिहान ठिक ७.०० बजे देखि ८.०० बजे सम्म एक महिना माेबाईल मर्मत तालिम गराउने र काेष पूरा भएपछि उत्कृष्ट प्रशिक्षार्थीहरू लाई राेजगारीकाे समेत व्यवस्थापन गर्ने उद्देश्यका साथ माेबाईल मर्मत तालिम गर्न गहिरहेकाे रामेछाप - काठमाडौं सम्पर्क मञ्चको उपसचिव तथा माेबाईल मर्मत तालिम कार्यक्रमका संयाेजक रमेश खड्काले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्चको यहि जेष्ठ २० गते बसेकाे ११ औं पदाधिकारी बैठककाे निर्णय अनुसार एक महिने माेबाईल मर्मत तालिम कार्यक्रम गर्न  गहिरहेकाे र उक्त माेबाईल मर्मत कार्यक्रममा सहभागीताकाे लागि प्रशिक्षार्थीहरू सिफारिस गराउन  दुबै क्षेत्रीय सम्पर्क मञ्च  आठै ओटा नगर/ गाउँपालिका सम्पर्क मञ्चको अध्यक्षहरू लाई पत्रचार गरेकाे र  अध्यक्षहरू बाट प्रशिक्षार्थीहरूकाे नाम सिफारिस हुने क्रम जारी रहेकाेले सिफारिस गर्न बाकी रहेकाे पालिकाबाट पनि अध्यक्षहरूलाई  तुरुन्त सिफारिस गर्न फाेन सम्पर्क गरि पुन अनुराेध गरिरहेकाे रामेछाप-काठमाडौं सम्पर्क मञ्चको सचिव निराजन तिमिल्सिनाले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

सचिव तिमिल्सिनाकाे अनुसार सहभागी प्रशिक्षार्थीहरूकाे अहिले नाम र सम्पर्क नम्बर मात्रै संकलन गरिरहेकाे  ३१ गते कार्यक्रम शुरू हुन अगाबै प्रशिक्षार्थीहरूकाे पासपोर्ट साईजकाे एक प्रति फाेटाे ,नागरिकताको फाेटाेकपि  ,नागरिकता नहुनेहरूकाे हकमा आफ्नाे परिचय खुल्ने परिचयपत्रकाे फाेटाेकपि र रू एक हजार नगद  सहित फम भर्नु पर्ने समेत अध्यक्षहरू लाई  पत्र मार्फत जानकारी गराएकाे बताउनु भयाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु