शुक्रबार ६ असार, २०८२
असार ६ ललितपुर, नेपालमै पहिलो पटक नयाँ प्रविधिसहित ललितपुरको ग्वार्काेमा निर्माण गरिएकाे ओभरपास निमार्ण सम्पन्नभै आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएकाे छ ।

प्रधानमन्त्री ओलीले शुक्रवार एक समारोहबिच ओभरपासकाे उद्घाटन गर्नु भएकाे थियाे ।
चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कंलकीसम्म जाम हुने तीन क्षेत्रमध्ये ग्वार्को चोकमा पहिलो ओभरपास निर्माण भएको हो ,६ मिटर उचाइ र ४ सय ५५ मिटरको लम्बाइ हुने ओभरपासमा ग्राउन्ड क्लियरेन्स ६ मिटर तथा सवारी साधन चढ्नका लागि १ सय ८० मिटर दायाँतर्फ र १ सय १० मिटर बायाँतर्फ र्याम्प निर्माण भएको छ ।
