मंगलवार १२ जेष्ठ, २०८३ (Tuesday May 26, 2026)

जननेता मदन भण्डारीको ७४ औं जन्म जयन्तीको अवसरमा पुष्पलाल पार्क भंगेरीमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम ।

आईतवार १५ असार, २०८२ Bichar Batika 1539


जननेता मदन भण्डारीको ७४ औं  जन्म जयन्तीको अवसरमा पुष्पलाल पार्क भंगेरीमा सरसफाइ तथा वृक्षारोपण  कार्यक्रम ।

असार १५ रामेछाप ,नेकपा ( एमाले )का तत्कालीन महासचिव जननेता मदन भण्डारीकाे ७४ औं जन्म जयन्तीको अवसरमा  नेकपा (एमाले) रामेछाप जिल्ला कमिटीको आयोजनामा तथा रामेछाप नगर कमिटीको व्यवस्थापनमा पुष्पलाल पार्क, भंगेरीमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

जननेता भण्डारीकाे जन्म जयन्तीकै अवसरमा  अनेमसंघ नेपाल जिल्ला कमिटी रामेछापको आयोजनामा तथा संयोजनमा रामेछाप जिल्ला अस्पतालमा बिरामीहरूलाई फलफूल वितरण कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ ।

सरसफाइ /वृक्षारोपण कार्यक्रम तथा फलफूल वितरण कार्यक्रममा बागमती प्रदेश सभा अन्तर्गत वन, वातावरण, उद्योग तथा पर्यटन समितिका सभापति तथा नेकपा (एमाले) प्रदेश कमिटी सदस्य आनन्द कुमार श्रेष्ठ, प्रदेश सदस्य गङ्गा कार्की, जिल्ला पार्टी अध्यक्ष पुरुषोत्तम कडेरिया, उपाध्यक्ष होतराज ढकाल, सचिव प्रकाश कुमार कार्की, रामेछाप नगर कमिटी अध्यक्ष रोशन पाख्रिन, अनेमसंघ जिल्ला अध्यक्ष सान्ता न्यौपाने सुवेदी लगायतका नेतागण तथा पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको नेकपा ( एमाले ) रामेछाप जिल्ला कमिटी सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राकेश श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु